नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
     ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु      

साओ पाउलो, २६ फागुन : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।    
    
उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो ।    
    
गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस/एएनआई

9 Mar 2020 , 5:07pm
हाम्रो आवाज