नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
काठमाडौं उपत्यकामा ५ हजार व्यक्ति अट्ने क्षमता भएको सार्वजनिक क्वारेन्टाइन स्थल बन्ने 

काठमाडौं, ९ चैत : काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्षमता भएको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यका भित्रका होस्टेल, होटेल, स्कुल तथा रंगशालाहरुलाई उपयोग गरिने भएको छ ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि  उच्चस्तरिय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठक आइतबार बसेको छ ।

बैठकमा काठमाडौंमा तत्काल ५ हजार व्यक्ति अट्ने क्वारेन्टाइन  स्थल बनाउने र आवश्यक परेमा त्यसलाई अस्थायी अस्पतालमा समेत परिणत गर्न सकिने निर्णय भएको हो ।
यस कार्यदलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् ।
 

22 Mar 2020 , 6:00pm
हाम्रो आवाज