नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
कांग्रेस नेता लेखकले लकडाउनलाई निरन्तरता दिन सरकारसँग गरे माग 

काठमाडौं, १६ चैत : नेपाली कांग्रेसका नेता रमेश लेखकले हालको लकडाउनलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन् । 

कोभिड(१९- को जोखिमलाई मध्यनजर गर्दै नेता लेखकले लकडाउनलाई निरन्तरता दिन र उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

ट्वीटरमार्फत् नेता लेखकले कोभिड(१९- को संक्रमण रोकथाम र नियन्त्रणका लागि ५ वटा सुझाव दिएका हुन् ।

उनले सम्भावित र जोखिम वर्गका बढी मानिसको स्वास्थ्य परीक्षण गरिनुपर्ने, रोकथाम, परीक्षण, उपचार र तत्सम्बन्धी सुरक्षा सामग्रीको व्यवस्थापन गर्नुपर्ने, बिरामीको उपचारको व्यवस्था र लकडाउनका कारणले प्रभावित भएकाहरूका लागि राहत घोषणा र कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।
 

29 Mar 2020 , 4:37pm
हाम्रो आवाज