नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
कैलालीको लम्कीमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

कैलाली, १ वैशाख : कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । 

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।  र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो। 

उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए। 

काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो।  यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो । 

13 Apr 2020 , 2:02pm
हाम्रो आवाज