काठमाडौं, ३ वैशाख कोरोना भाइरस संक्रमितको संख्या २० लाख ९ सय ३३ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभरको संक्रमितमध्ये १ लाख २६ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने, ४ लाख ८४ हजार ९ सय ४५ जना निको भएर घर फर्किएका छन् ।
चीनको वुहान शहरबाट फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले ‘विश्व्यापी महामारीको’ संज्ञा दिएसँगै विश्वका सबै देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका मुलुकहरु
१. अमेरिकामा ६ लाख १४ हजार २ सय ४६ जना कुल संक्रमित रहेका छन् । जसमध्ये भने २६,०६४ जनाको ज्यान गएको छ ।
२. स्पेनमा १ लाख ७४ हजार ६० जना कुल संक्रमितको रहेका छन् । जसमध्ये १८,२५५ जनाको मृत्यु भएको छ ।
३. इटालीमा १ लाख ६२ हजार ४ सय ८८ जना कुल संक्रमित रहेका छन् । जसमध्ये २१,०६७ जनाको मृत्यु भइसकेको छ ।
४ं. फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना कुल संक्रमित रहेका छन् । जसमध्ये १५,७२९ जनाको मृत्यु भएको छ ।
५. जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना कुल संक्रमित रहेका छन् । जसमध्ये ३,४९५ जनाको मृत्यु भएको छ ।
६. युकेमा ९३ हजार ८ सय ७३ जना कुल संक्रमित रहेका छन् । जसमध्ये १२,१०७ जनाको मृत्यु भएको छ ।
७. चीनमा ८२ हजार २ सय ९५ जना कुल संक्रमित रहेका छन् । जसमध्ये ३,३४२ जनाको मृत्यु भएको छ ।