नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

NepaliNP
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द

काठमाडौं, १३ बैशाख : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा लकडाउन पनि थप्नेबारे छलफल गरेको छ । तर, कति समय थप्ने भन्नेबारे चाहीँ भोलि बस्ने मन्त्रिपरिषदको बैठकमा ठोस निर्णय हुने बुझिएको छ । स्रोतले दिएको जानकारीअनुसार लकडाउन यही बैशाख २५ गतेसम्म थप्ने सरकारको तयारी छ ।

25 Apr 2020 , 5:27pm
हाम्रो आवाज