नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
संक्रमण मुक्त हुनेको संख्या १२ पुग्यो

काठमाडौं, १३ वैशाख :  नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो तथ्यांक अनुसार १२ जना संक्रमण मुक्त भएर घर पर्केका छन् । ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन्। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज हुँदैछन् । उनले आठ दिनमै कोरोनालाई जितेका हुन् । अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको छ। 

मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ । अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ । सबैको अवस्था सामान्य रहेको छ ।  

शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो । संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ । 

25 Apr 2020 , 5:58pm
हाम्रो आवाज