नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु

मुम्बई, १७ वैशाख : भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ  ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलोन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । 

29 Apr 2020 , 1:28pm
हाम्रो आवाज