नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ३२ लाख ४४ हजार पुग्यो, २ लाख २९ हजार जनाले ज्यान गुमाए 

काठमाडौं, १८ वैशाख : विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख ४४ हजार ५ सय ९५ पुगेको छ भने मृत्यस हुनेको संख्या २ लाख २९ हजार १ सय ८२ पुगेको छ । 

पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये १० लाख १६ हजार ४ सय १९ जना निको भएर घर फर्किएका छन् भने १९ लाख ९८ हजार ९ सय ९४ जना उपचाररत हरेका छन् । 

अहिलेसम्म सबैभन्दा बढि संक्रमितको संख्या अमेरिकामा रहेको छ । कुल संक्रमित संख्या १० लाख ६४ हजार ८ सय ३६ पुगेको छ भने ६१,६८० जनाको मृत्यृ भएको छ । 
 

30 Apr 2020 , 7:47pm
हाम्रो आवाज