नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, २३ वैशाख : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज - ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

5 May 2020 , 10:24am
हाम्रो आवाज