नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

NepaliNP
सबै तहका अस्पतालहरु लाई ओ.पी.डी सेवा सुचारू गर्न सरकारको निर्देशन

बिश्वव्यपि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले  बिगतका केहि दिनदेखि अवरुद्ध सबै तहका अस्पताल र स्वस्थ्य संस्थाहरुलाई ओ पि डी बहिरंग सेवा सुचारू गर्न सरकारले निर्देशन दिएको छ । कोभिड-१९ को प्रकोपलाई मध्यनजर गर्दै अवरुद्ध गरिएको नियमित स्वस्थ्य सेवाले आम जनमानसमा थुप्रै स्वस्थ्य समस्याहरु उत्पन्न भएको र नियमित उपचारको अभावमा स्वास्थ्य समस्या बढ्दै गएको बिषयलाई ध्यानमा राखी सरकारले उक्त निर्देशन जारी गरेको हो ।

सम्पूर्ण अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने अन्य स्वास्थ्य संस्थाहरुले संक्रमण रोकथाम र नियंत्रणका सावधानीहरु अपनाउदैं  ओ.पि.डी लगायत अन्य नियमित सेवा सुचारू गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको निर्देशन बमोजिम ओ .पी.डी तथा नियमित स्वस्थ्य सेवा संचालन गर्ने भएका छन् ।

11 May 2020 , 2:15pm
हाम्रो आवाज