नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
नेपालको नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक 

काठमाडौं : नेपाल सरकारले  लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा बुधबार सार्वजनिक गरेको हो। 

मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन् । 

आधिकारिक नक्सा सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ । 

नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले यो नक्सा बनाएको हो । 

20 May 2020 , 3:06pm
हाम्रो आवाज