नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
नेपालगंज उधोग वाणिज्य संघ द्वारा अनिश्चितकालीन आंदोलन को घोषणा 

असलम खान--जेठ २२/०७७

विश्वव्यपि महामारी को रुपमा फैलिएको कोरोना भाइरस को प्रकोप लाई नियंत्रण गर्न सरकारले गरेको लामो समय को लाकडाउन ले आर्थिक सङ्कट मा परेका पसल व्यसायी र व्यापारी हरु को हकहित लाई मध्य नजर गर्दै नेपालगंज उधोग वाणिज्य संघ ले व्यसाय व्यापार लाई सहज बनाउने उद्देश्य ले सबै प्रकार का पसल हरु  नियमित रुपमा खोल्नु पर्ने माग गर्दै अनिश्चित कालीन आंदोलन को घोषणा गरेको  छ।

हिजो बाँके जिल्ला प्रशाशन कार्यालय मा भएको सर्वदलीय सर्वपक्षीय बैठक को सुझाव अनुसार भएको निर्णय बमोजिम शेड्यूल अनुसार व्यवसाय व्यपार संचालन गर्नु पर्ने निर्णय प्रभावकारी नभएको ले आंदोलन गरिएको जानकारी प्राप्त भएकोछ ।
सेडयुल अनुसार खुलने पसल तथा संचालन हुने व्यवसाय व्यापार ले संक्रमण रोकथाम गर्न प्रभावकारी नहुने तथा एउटै पसलमा एकै  पटक धेरै मानिस जम्मा हुने भएकाले संक्रमण फैलन सक्ने सम्भावना रहेको जानकारी नेपालगंज उधोग व्यापार संघ का निबर्तमान अध्यक्ष नन्द लाल वैश्य ले दिएका छन । 

यसै गरी लामो समय देखी आर्थिक संकटको मार खेपी रहेका पसल संचालक, व्यसायी र व्यापारीहरु को हकहित लाई प्राथमिकता मा राखी अनिश्चित कालीन आंदोलन को घोषणा गरिएको उहाँ ले जानकारी गराएका छन ।

4 Jun 2020 , 11:23am
हाम्रो आवाज