नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
वड़ा न.७ को  विकास ले पायो तीव्र गति , नमूना वड़ा बनाएर छाड़ने वडा अध्यक्ष को अठोट

 

बाँके --भदौ-२१
नेपालगंज उपमहानगर पालिका ७ न. वड़ा को बिकास ले हाल तीव्र गति पाएको छ । वर्षों बितिसकदा बिकास निर्माण को उपेक्षा मा रहेको ७ न. वड़ा को विकास जनप्रतिनिधि पाए सँगै द्रुततर गति बाट अगाडि बढेको छ । वड़ा प्रमुख जुम्मन खां को नेतृत्त्व मा निरंतरता पाएको वड़ा को चौतरफी बिकास ले वड़ा को मुहान नै फेरिएको वड़ाबासी को भनाइ छ । जनप्रतिनिधि को अभाव मा वर्षों देखि कुंठित वड़ा को समग्र विकास  हाल तीव्र गति का साथ अगाडि बढ्दै गएको स्थानीय वासी हरुको भनाई छ । बाटो निर्माण, सरसफाई, शिक्षा तथा खेलकुद र स्वास्थ्य जस्ता बिभिन्न छेत्र मा चौतरफी रुपमा वड़ा को बिकास ले निरंतरता पाएको सम्बंधित वड़ा का वड़ा बासी "मोहम्मद इमरान" ले जनाएका छन ।

 




७ न . वड़ा अंतर्गत पर्ने विगत लामो समय देखि निर्माण को उपेक्षा मा रहेको रानी तलाऊ देखि सहाबा मोड़ सम्म को सड़क हाल निर्माणाधीन अवस्थामा छ,भने विगत ३५ वर्ष देखी डुबान छेत्र को रूपमा रहेको मुबारक बिरयानी कार्नर देखी लक्ष्मण व्ययाम मंदिर सम्म को बाटो र नाला समेत गत आर्थिक वर्ष मा निर्माण भई सकेको मा सम्बंधित वड़ा का वड़ा वासी हरु ले खुशी व्यक्त गरेका छन । 
यतिमात्र नभएर गत आर्थिक वर्ष मा विविध कारण मा पुर्ण हुन नसकेका विभिन्न योजना हरु लाई चालु आर्थिक वर्ष मा सम्पन्न गर्ने योजना रहेको प्रतिवद्धता जाहेर गरेको मा स्थानीय वासी द्वारा खुशी व्यक्त गरिएको छ ।
यसका साथै चालू आर्थिक वर्ष मा पनि विकास का अन्य कार्य क्रम हरु लाई स्थानीय वासी को साथ, समर्थन, सहयोग र सहकार्य मा निरन्तरता प्रदान गर्ने वड़ा अध्यक्ष जुम्मन खा ले जनाएका छन, भने आफ्नो कार्यकाल भित्र यस वड़ा लाई नमुना वड़ा बनाएर छाड़ने प्रतिबद्धता समेत जाहेर गरेका छन । साथै वड़ा सदस्य किशोर बहादुर थापा र कलीम राई ले पनि वड़ा बासी को घरदैलो मै पुगेर सेवा प्रदान गर्दै आएको वड़ा बासी ले जनाएका छन ।

विगत लामो समय देखि वड़ा न.७ को विकास निर्माण प्रक्रिया अवरुध्द रहेको ले हाल  वड़ा अध्यक्ष जुम्मन खा को नेतृत्त्व मा विकास निर्माण प्रक्रिया ले गति पाएको मा वड़ा न. ७ ले एउटा कुशल नेतृत्त्व कर्ता पाएको मा आफु गर्वान्वित महसुस गरेको सम्बंधित वड़ा का वड़ावासी 'नसीम अहमद' ले जनाएका छन । समय समय मा विकास निर्माण संग सम्बंधित  बिषय हरु लाई लिएर आलोचना को पात्र बनेका वड़ा अध्यक्ष खा ले राजनीतिक रिसीवी का कारण केहि व्यक्ति हरुले आफ्नो व्यक्तिगत तथा राजनीतिक स्वार्थ सिद्ध गर्न आफू विरुद्ध षडयंत्र गरेर आफ्नो राजनीतिक छवि बिगार्ने कार्य मा प्रयासरत  भएको जानकारी दिएका छन । यसका  साथै अनावश्यक रुपमा जो कोही कसैले पनि आफु विरुद्ध षड्यंत्र गरेपनि आफु सदा उन्नतिशील, प्रगति शील चिंतन का साथ ७ न. वड़ा को विकास का लागि अग्रणी भूमिका निर्वाह गर्न प्रतिवद्ध भएको जानकारी  समेत दिएका छन ।

6 Sep 2020 , 7:16pm
हाम्रो आवाज