नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दांग(देउखुरी) राख्न प्रस्ताव  पेश

बाँके १६ असोज । प्रदेश राजधानी र नामकरण को विषय लाई लिएर प्रदेश न ५ सरकारले प्रदेश  ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी बनाउन प्रस्ताव गरेको छ । 
आज शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका छन । प्रदेश को नामकरण र राजधानी सम्बन्धी विषय लाई लिएर पेश गरिएको प्रस्ताव माथि प्रदेश सभा सदस्य हरु द्वारा आपत्ति जनाइएको थियो।

प्रदेशको राजधानी फरक ठाउ र कार्यसूचिमा नभएको प्रस्ताव पेश गरिएको भन्दै प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका थिए । राजधानी सम्बन्धी प्रस्ताव पेश भए लगत्तै नेपाली काग्रेसका प्रदेशसभा सदस्यहरु ले आपत्ति जनाएका थिए । प्रदेशसभा सदस्यहरुले बिरोध जनाएपछि सभामूख पूर्ण बहादुर घर्तीले प्रदेश सभाको अर्को बैठक असोज १९ गते बस्नेगरी स्थगित गरेका छन् ।

लामो समय देखि प्रदेश  ५ को राजधानी बुटवल राख्ने की दांग भन्ने बिषय मा समय समय मा सत्तारूढ़ र प्रमुख प्रतिपक्षी दल बीच फरक मत हरु जाहेर हुंदै आएका छन। राजनीतिक दल हरु को आ आफ्नै अड़ान र प्रदेश सभा सदस्य हरु को मत भिन्नता ले हाल सम्म प्रदेश न ५ ले स्थायी राजधानी पाउन नसकेको ले प्रदेश को राजधानी र नामकरण को विषय लाई टुङ्गो लगाउन उक्त प्रस्ताव पेश गरिएको छ ।

2 Oct 2020 , 7:43pm
हाम्रो आवाज