नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
कार्तिक ६ गते सम्म कोहलपुर नगरपालिका शील

असोज २८- बाँके
निरंतर बढिरहे को कोभिड-१९  संक्रमण को जोखिम लाई न्युन गर्न कोहलपुर नगरपालिका र यस अंतर्गत का सबै वड़ा कार्यालय हरु कार्तिक ६ गते सम्म का लागि सील गरिएको छ ।

आज बिहान  ८.३०   मा नगरप्रमुख को संयोजकत्त्व मा बसेको आकस्मिक बैठक ले उक्त निर्णय गरेको छ । बैठक मा भएको निर्णय अनुसार आकस्मिक सेवा बाहेक सबै सेवा हरु कार्तिक ६ गते सम्म का लागि बन्द हुने जानकारी गराइएको छ ।

कर्मचारी र सेवा ग्राही को स्वास्थ्य लाई ध्यान मा राखी संक्रमण को जोखिम बाट बच्न बचाउन कार्यालय शील गरिएको जानकारी प्राप्त भएको छ ।

15 Oct 2020 , 1:02am
शक्ति कुमार बंसकार