नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
बाँके मा कोरोनाको कहर, तीन दिन मा ८ जना ले ज्यान गुमाए

बाँके-१७
असलम खान  - : बाँकेमा तीन दिनमा  ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ४, दाङका ३ र कैलालीका जिल्ला का १ जनाको कोरोनाबाट मृत्यु भएको छ । आइतबार ४ जना, शनिबार ३ जना र सोमबार एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको छ।

मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, बिहान साँझ ५ बजे भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, राति १ बजे कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र साँझ ५:३० बजे खजुरा गाउँपालिका–३ का ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।

यसका साथै शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ : ४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५:३० बजे मृत्यु भएको छ ।साथै नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य ६७ वर्षीया शान्तिदेवी परियारको क्रोना संक्रमण का कारण नै मृत्यु  भएको छ ।

यस सँगै हाल बाँके जिल्लामा  कोरोना संक्रमण बाट ५५ जनाले  ज्यान गुमाइसकेका छन् ।  जस मध्ये ३४ जना बाँके र बाँकी अन्य जिल्ला बाट आएका संक्रमित रहेका छन ।

2 Nov 2020 , 11:55pm
असलम खान