नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
सांसद सुर्य बहादुर केसी को निधन

कार्तिक-१८
प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०:३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा  निधन भएको छ।
लामो समय देखि उच्च रक्तचाप र मधुमेहबाट ग्रसित  सासद केसी  ६३ वर्षका थिए।

गत निर्वाचनमा नेपाली कांग्रेस बाट समानुपातिक प्रणाली बाट प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए।
केसी एउटा प्रतिष्टित व्यपारी पनि थिए। हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउसहित एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ।

राप्रपाबाट लामो समय राजनीति गरेका उनी गत आम निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

उनको आजै सेती नदीमा अन्त्येष्टी गर्ने तयारी भइरहेको पारिवारिक श्रोत द्वारा जानकारी प्राप्त भएको छ ।

3 Nov 2020 , 10:23pm
हाम्रो आवाज