नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
अमेरिका मा ४६ औ राष्ट्रपति निर्वाचन हुँदै ,ट्रम्प र बाइडेन बीच कडा प्रतिस्पर्धा

एजेन्सि -क्रोना महामारी का बीच आज महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। निर्वाचन हुनु १२ घण्टा अघि राष्ट्रपतिका उम्मेदवारहरु वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्वउपराष्ट्रपति जो बाईडेनले चुनावी प्रचारप्रसार रोकेका छन। निर्वाचन हुनु २४ घण्टा अघि गरिएका विभिन्न सर्भेक्षणहरुले ट्रम्प भन्दा बाईडेन बलिया देखिएको जनाएको छ।
अमेरिकमा हेर्दा दुई पार्टी मात्र देखिए पनि अन्य पार्टीहरु लिव्रेसन, ग्रीन र कन्टीच्यूसन पार्टी पनि रहेका छन ।

ब्याटलग्राउन्ड’ नाम दिइएका केही राज्यहरूमा मतदातालाई आकर्षित गर्न राष्ट्रपतिका दुवै दावेदार हरु लागिपरेको जनाइएको छ ।निर्वाचन हुनु २४ घण्टा अघि गरिएका विभिन्न सर्भेक्षणहरुले ट्रम्प भन्दा बाईडेन बलिया देखिएको जनाएको छ ।
निर्वाचन आज भए पनि अमेरिकामा निर्वाचन अघि पनि मतदान गर्ने व्यवस्था रहेकोले विश्वभर रहेका आफ्ना नागरिक र अमेरिकामा रहेका मतदाताले गरेको मतदानमा ९७ मिलियन अर्थात नौ करोड ७ लाख भोट खसेको जनाईएको छ ।
अत्याधिक मत भएका क्यालिफोनिया, टेक्सास, जर्जिया पेन्सिलभेनिया, मेसिगन, विन्सकिन्सिन र एरिजोना राज्य रहेका छन,भने अन्य राज्य कम  मतदाता भएका राज्य को रुपमा रहेका छन ।कुल पाँच सय ३८ ‘इलोक्ट्रोलर’ मतमध्ये दुई सय ७० ल्याउनेले जित्ने छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु दोस्रो कार्यकाल का लागि निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई बर्खास्त गर्ने चेतावनी दिएकाले उक्त विषय ले ट्रम्प लाई चुनावी मैदान मा हानि पुरयाउने विज्ञ हरु द्धारा अनुमान गरिएको छ । 

3 Nov 2020 , 10:29pm
हाम्रो आवाज