नेपाली समय:

वि.सं २०८३ आश्विन १९   सोमवार

NepaliNP
राजतन्त्र पुनः स्थापना को लागि कोहलपुर मा व्यापक प्रदर्शन

 

कार्तिक- २२
बाँके-कोहलपुरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्था का समर्थकहरु द्वारा व्यापक रयाली निकालिएको हो।

शनिबार कोहलपुरमा राजसंस्था का पक्ष धर हरुले मोटरसाईकल रयाली सहित प्रदर्शन गरी संघीयता खारेजी र हिंदु राज्य को माग सहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र राष्ट्रवादी अभियान को पहल मा कोहलपुर मा गरिएको उक्त प्रदर्शन ले बृहत रूप लिने स्वतंत्र राष्ट्रीय अभियान का नेतृत्त्व कर्ता अर्जुन जंग शाही ले बताएका छन। राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, भन्ने मुल नारा का साथ प्रदर्शन गरिएको छ ।

7 Nov 2020 , 9:46pm
हाम्रो आवाज