नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
रचना रिमालको ‘ख्याल राख है’ बोलको गीत सार्वजनिक

काठमाडौं- रचना रिमाल र बबुल गिरीको आवाजमा ‘ख्याल राख है’ बोलको गीत सार्वजनिक भएको छ। युट्युबमार्फत् सार्वजनिक गीतलाई केन्द्र मोसन पिक्चर्सले बजारमा ल्याएको हो। 

गायक बबुल गिरीकै संगीत रहेको गीतलाई लोक राइले लेखेका हुन्। गीतको भिडियोमा मिलन खत्री र आस्मा गिरीले अभिनय गरेका छन्। सुरेन्द्र मल्ल ठकुरीले भिडियोको निर्देशन गरेका छन्। 

भिडियोमा गर्भवती श्रीमतीलाई गाउँमा एक्लै छाडेर शहर आउनुपरेको बाध्यतालाई उतार्ने कोशिस गरिएको छ। गीतको भिडियोलाई सिन्धुपाल्चोकमा घटेको सत्य घटना भनिएको छ।तर भिडियो र गीतका शब्द‚ संगीत अहिले नेपालको युट्युबको ट्रेन्डिङमा रहेको हिन्दी गितसँग मिल्दोजुल्दो सुनिन्छ। गीत नेहा कक्कडको स्वरमा रहेको ‘ख्याल रखिया कर्’ बोलको गीतसँग प्रभावित छ।

 

7 Jan 2021 , 5:26pm
हाम्रो आवाज