नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
सुनको मूल्य तोलामा कति पुग्यो ?

काठमाडौं, पुस २८ | सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

12 Jan 2021 , 12:23pm
हाम्रो आवाज