नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
नारायण वाग्लेको 'पल्पसा क्याफे ' मा स्वस्तिमा खड्का

पत्रकार नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास पल्पसा क्याफेमा आधारित रहेर मञ्चन गरिने भएको छ ।

 

७ माघ, काठमाडौं । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार मञ्चन हुन लागेको पल्पसाको शीर्ष भूमिकामा नायिका स्वस्तिमा खड्का देखिने भएकी छन् ।

फिल्मी पर्दामा देखिँदै आएकी स्वस्तिमाले पल्पसामा अवसर पाएसँगै आफूले आफूले धेरै कुरा सिक्ने मौका पाएको जानकारी दिइन् ।

पल्पसालाई नाटकमा रुपान्तरण सुरज सुवेदीले गरेका हुन् भने निर्देशन विमल सुवेदीले गर्ने भएका छन् । आउँदो चैत्र वा वैशाखमा पल्पसाको मञ्चन गर्ने तयारी भएको निर्देशक सुवेदीले जानकारी दिए ।

सो नाटकमा स्वस्तिमा खड्कासहित समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुश्मा राई, रोशन निरौला, कपिल राई लगायतका कलाकारले अभिनय रहने जानकारी दिइयो ।

पल्पसा क्याफे उपन्यासले २०६१ सालमा मदन पुरस्कार पाएको थियो ।

20 Jan 2021 , 9:06am
हाम्रो आवाज