नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
मुख्यमन्त्री राई ज्याङ्मु शेर्पासँग वैवाहिक बन्धनमा बाँधिए

११ माघ , काठमाडौं  | प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् । 
मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए । 

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो । 
४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । 

२० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । 
राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ । 

24 Jan 2021 , 3:43pm
हाम्रो आवाज