नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

NepaliNP
प्रतिनिधिसभाले सधैँ सरकारलाई सहयोग गरेको छ: सभामुख

माघ १२,  काठमाडौँ  | सभामुख अग्निप्रसाद सापकोटा भन्छन संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरा सत्य हैन । उनको भनाई अनुसार –

प्रतिनिधिसभाको बारेमा चिन्ता चासो दिनु भएकोमा धन्यवाद दिन चाहान्छुँ । दुई ओटा सदन चलायको अनुभव सहित राम्रो व्यवस्थित देशको सर्वाणीन कुरामा ध्यान दिँदै व्यवस्थित ढंगले संसद सञ्चालन गर्ने तयारी हुदैँ गर्दा हथाहत संसद सञ्चालनमा अबरुद्धता आएको छ ।

त्यसलाई सूचारु गनुपर्छ भनेर सबैजना यो देशका संविधानविदहरु राजनितिक पार्टीका नेताहरु आवाज उठाई राख्नु भएको छ । यस विषयमा गम्भिरतापूर्वक धेरै चिन्तन पनि गरिरहेको छुँ । जिम्मेवारीपूर्वक अध्ययन पनि गरिरहेको छुँ । मनन विश्लेषण पनि गरिराखेको छुँ । म प्रस्तसंग भन्न चाहान्छुँ कि पछिल्लो म सेवा अधिवेशन जुन हामी सञ्चान ग¥यौँ ।

त्यो बहुआयमिक तरिकाले सफलतापूर्वक सम्पन्न भएको छ । किनभने हामीले सम्बोधन गरिराख्नु पर्दैन । संविधान संशोधन गरेर नक्सा पास ग¥यौँ । सायद यो अभुतपूर्ण एकता थियो । संसद भित्र नप्रतिपक्षले नकुनै माननीय सदस्यले कुनै खालको अबरोध गर्नु भएको थिएन । नकहिले नारा लाग्यो नवेल घेर्नु भयो बरो स्वहार्दा ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मुल्य मान्यता आदर्शलाई स्थापित गर्नका लागि छलफलको बाटो बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौँ ।

सबै माननीय सांसदहरु, सचिवालयका कर्मचारीहरु अहोरात खटेर, अनुसासित भएर सदन सञ्चालन गरेका थियौँ । तर अहिले अराजता भयो । अनुशासनहिन भयो भन्ने कुरा सत्य हैन । त्यसकारण म के भन्न चाहन्छुु भने एउटा त्यस्तो अवरुद्ध गरेको कुरामा होस नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस, चाहे त्यो बजेट पास गर्ने कुरा होस कनै कुरा पनि प्रतिनिधि सभाले सहयोग नै गरेको छ ।

25 Jan 2021 , 6:10pm
उर्मिला गम्वा थारु