नेपाली समय:

वि.सं २०८१ बैशाख २५   मंगलवार

NepaliNP
थपिए १७१ कोरोना संक्रमित, निको भए २२७

माघ २२, काठमाडौं | नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ६ सय २ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार २ सय ९२ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३३ पुगेको छ।

4 Feb 2021 , 10:29pm
हाम्रो आवाज