नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
रानीतलाउमा डुबेर एक जना अज्ञात व्यक्तिको मृत्यु

नेपालगंज संवाददाता - नेपालगंजको रानीतलाउमा डुबेर एक जना अज्ञात व्यक्तिको मृत्यु भएको छ । राती ३ बजे तिर तलाउको पर्खालमाथिबाट तलाउ परिसरमा प्रवेश गरेका ती व्यक्तिको मृत्यु भएको स्थानिएको भनाई छ । मृतक व्यक्तिको शव आज विहान करिब ९ः३० मा नोपालगंज प्रहरी प्रशासन र नेपालगंज उपमहानगरपालिकाको सहयोगमा घटनास्थलबाट मृत अवस्थामा उद्दार गरि भेरी अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पुर्याएको स्रोतद्वारा जानकारी प्राप्त भएको  छ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म मात्र सार्वजनिकरूपमा खुल्ला रहने रानीतलाउभित्र राति ३ बजे तिर ती अज्ञात व्यक्तिले किन प्रवेश गरे होलान भन्ने कुराको पुष्टि अझै हुन नसकेको प्रहरी प्रसाशनद्वारा जानकारी प्राप्त गरिएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको जानकारी समेत प्रहरी प्रसाशनले दिएको छ । यस भन्दा पहिले पनि रानितलाउमा डुबेर एक जना व्यक्तिको मृत्यु भइसकेको छ । मादक पदार्थ सेवन गरि यहि रानीतलाउमा डुबेर ती व्यक्तिले ज्यान गुमाएको स्थानिएको जिकिर छ । असामयिक ढङ्गले रानीतलाउमा डुबेर मान्छेको मृत्यु हुने कुराले सबैलाई स्तब्ध बनाएको जानकारी समेत स्थानियले दिएका छन् । घटनाको अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना फेरी दाहोरिन नदिन सर्वसाधारणलले माग गरेका छन् ।

6 Oct 2019 , 1:10pm
शक्ति कुमार बंसकार