नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
बर्दिया मा रोकिएन बाघ को आक्रमण : गैँडा गणना गर्ने गणक को बाघ ले लियो ज्यान

चैत -२३

बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाले ज्यांन गुमाएका छन । गैँडा गणना गर्ने गणक माहुते पुलिसराम थारु हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमण मा परि ज्यान गुमाएका छन । ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बस्ने थारू बाघ को आक्रमण मा परि ज्यान गुमाउँने पहिलो व्यक्ति नभएर  यस वर्ष बर्दियामा पाटेबाघको आक्रमणबाट १० जनाले ज्यान गुमाएका छन । 

विगत का केहि दिन मा बाघ को आक्रमण तीव्र भएकोले निकुञ्ज एरिया मा सावधानी का साथ प्रवेश गर्न आग्रह गर्दै गाई भैँसी न चराउन,दाउरा लिन न जान  आग्रह गरिएको छ,भने रात को समय मा निकुञ्ज क्षेत्र मा मोटरसाइकिल बाट यात्रा न गर्न आग्रह समेत गरेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले जनाएको छ ।

5 Apr 2021 , 7:21pm
असलम खान