नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
नेपाल पत्रकार महासंघ बाँके को अध्यक्ष मा दामोदर भण्डारी विजयी

बाँके - चैत २७

असलम खान - नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन । भण्डारी का निकटतम प्रतिद्धन्द्धी 'डक्टप्रसाद धिताल' १८ मत को अन्तर ले पराजित  भएका छन । मत परिणाम अनुसार भण्डारीले १५७ मत प्राप्त गरेका छन, भने धितालले १३९ मत मात्र प्राप्त गरेका छन ।

यसै गरि उपाध्यक्ष मा भण्डारी प्यानल कै संगिन शर्मा विजयी भएका छन, उनले आफ्ना प्रतिद्धन्द्धी सकील अहमद कादरी लाई पराजित गर्दै  १६६ मत प्राप्त गरेका छन ,भने पराजित हुने सकिल अहमद कादरीले ११८ मत  मात्र प्राप्त गरेका छन । यसैगरी महिला उपाध्यक्षमा करुणा शाहले १४९ मत प्राप्त गरि विजयी भएकी छिन भने उहाँकै निकटतम प्रतिबद्धन्द्धी रेजिना मल्लले १३९ मत मात्र प्राप्त गरेकी छिन।

यसै गरि सचिव पद मा कमल डाँगी १५१ मत प्राप्त गरि विजयी भएका छन ,भने उनका निकटतम प्रतिद्वन्दी आकाश देवकोटाले १३५ मत मात्र प्राप्त गरेका छन । यसै गरि सह सचिव मा समावेशी तर्फ बाट हेमन्त चौधरी विजयी भएका छन । १६८ मत प्राप्त गरि चौधरी विजयी भएका छन ,भने उनका प्रतिद्धन्द्धी भगतराम थारुले ११५ मत प्राप्त गरेका छन  ।


यसैगरी  खुल्ला तर्फ को सहसचिव पद मा कृष्ण बहादुर ओली १७१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी 'महमुद आमल खाँन' १०८ मत मा मात्र सीमित भएका छन ।

साथै कोषाध्यक्षपद मा १७४ मत का साथ विनोद पौडेल विजयी भएका छन भने  उहाँका प्रतिद्धन्द्धी देवेन्द्रराज पौडेल ११६ मत मा सीमित भएका छन  ।

महिला तर्फ को सदस्यमा सावित्री गिरी १७१ मत ल्याएर विजयी भएकी छिन,भने लक्ष्मी तिमिल्सेनाले १११ मत मात्र प्राप्त गरेकी छिन।

दलित सदस्यमा पवित्रा परियार १४२ मत ल्याएर विजयी भएका छन भने, कविन्द्र परियारले १३२ मात्र प्राप्त गरेका छन । त्यसै गरि  आदीवासी तर्फ को पद मा राधेश्याम चौधरी १३७ मत का साथ विजयी भएका छन, भने भने उहाँका प्रतिबद्धन्द्धी प्रज्ज्वल श्रेष्ठले १३२ मत मा मात्र सीमित भएका छन। यसैगरी मधेशी तर्फ भीष्म लोध १७२ मत ल्याई विजयी भएका छन भने, ग्रिस गुप्ताले १०३ मत मात्र पाएका छन ।

समावेशी तर्फ को सदस्य पद मा मोहम्मद जोवद हलवाई १६४ मत ल्याएर विजयी भएका छन, भने उनका प्रतिद्वन्दी मोबिनुद्दीन सिद्दिकीले ९९ मत मात्र पाएका छन । साथै खुल्ला सदस्य तर्फ दिनेश ठाकुर,  जावेद अहमद शाह, खगेन्द्रप्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, सौरभ गिरी,निर्मल आचार्य, सुनिल रेग्मी विजयी भएका छन ।

9 Apr 2021 , 12:37pm
असलम खान