नेपाली समय:

वि.सं २०८२ आषाढ २०   शुक्रवार

NepaliNP
बाँके मा कोरोना संक्रमित को संख्या बढ्दै, २४ घण्टा मा ४१ जना मा संक्रमण पुष्टि

चैत -३०, बाँके- नेपालगन्ज को भेरी अस्पताल मा पछिल्लो २४ घण्टा मा ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । कुल ७८ जना को पिसिआर परिक्षण गर्दा  ४१ जना संक्रमित भएको पुष्टि भएको छ ।

आइतबार भारतबाट नेपालगन्ज सिमानाका भएर नेपाल प्रवेश गर्ने एक जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ती व्यक्ति को भेरी अंचल अस्पताल  नेपालगंज मा उपचारत छन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परिक्षण गरीएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा बाँकेका २५ जनासहित ५४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको फोकल पर्सन वलीले जानकारी दिएका छन।

12 Apr 2021 , 5:03pm
असलम खान