नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
१४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख २, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ । 
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।

मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । 

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ । 

यी हुन् कोरोनाबाट अति प्रभावित १४​ जिल्ला

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई  प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।

15 Apr 2021 , 5:46pm
हाम्रो आवाज