नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

NepaliNP
बाँके मा संक्रमित को संख्या घटदै

जेष्ठ -३, बाँके - कोरोना संक्रमणको दोस्रो लहर ले उकालो लागेको बाँके को कोरोना संक्रमण दर मा केहि दिन यता कमी आएको छ ।

निरन्तर रुपमा संक्रमित को संख्या बढ्दै गएको  बाँके मा अहिले कोरोना संक्रमणदर  कम हुँदै गएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टा भित्र ७५ जना नया संक्रमित थपिएका छन भने ३६५ जना संक्रमित संक्रमण मुक्त भएको बाँके का कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन ओली का अनुसार सोमबार बाँकेमा  १९० महिला र १७५ पुरुष गरि ३६५ संक्रमण मुक्त भई डिस्चार्ज भएका छन।

स्वास्थ्य मापदण्ड को कड़ाई का साथ पालना र स्वास्थ्यसुरक्षा सावधानी ले संक्रमण दर दिनहु कम हुँदै जाने विज्ञ हरू को दावी रहेको छ

17 May 2021 , 8:00pm
असलम खान