नेपाली समय:

वि.सं २०८१ बैशाख २४   सोमवार

NepaliNP
तत्काल कोभिड खोप निर्यात नगर्ने सेरमको घोषणा, नेपालमा खोप कार्यक्रम थप अन्योलमा

जेठ ५, काठमाडौं– भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेको छ। 

कोभिशिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने बताएको हो। 

आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको हो।

भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ।

खोप खरीदका लागि रकम बुझाइसकेका देशको विषयमा सेरमले प्रष्ट रुपमा उल्लेख गरेको छैन। 

योसँगै नेपालमा आउने भनिएको सेरम कम्पनीको खोप पनि रोकिने सम्भावना बढेको छ। सेरम संसारका कोभिड–१९ विरुद्धको ठूला खोप उत्पादक कम्पनीमध्ये एक हो। 

नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन।

19 May 2021 , 3:27pm
हाम्रो आवाज