नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

NepaliNP
भेरी अस्पताल मा आंदोलनरत स्वास्थ्य कर्मी लाई आंदोलन को नौटंकी नगर्न अध्यक्ष प्रमोद धिताल को चेतावनी

भेरी अस्पताल मा आंदोलनरत स्वास्थ्य कर्मी लाई आंदोलन को नौटंकी नगर्न अध्यक्ष प्रमोद धिताल को चेतावनी

जेष्ठ -१९ - भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा आन्दोलनरत् स्वास्थ्यकर्मीलाई तत्काल आन्दोलन रोक्न र आंदोलन को नौटंकी न गर्न चेतावनी दिएका छन्।

भेरी अस्पतालतमा कार्यरत् स्वास्थ्यकर्मीले डाक्टर र नर्सहरूमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गर्दै लगातार प्रदर्शन गरेपछि अध्यक्ष धितालले त्यसलाई ‘नाटक’ को संज्ञा दिएका हुन।

सामाजिक सञ्जाल मा स्टेटस मार्फत उनले ‘भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ,’ भन्ने लेखेका छन ।

भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ,’ अध्यक्ष धितालले  सामाजिक सञ्जालमा लेखेका छन् ।अहिले जनताको सेवा गर्न छोडेर आन्दोलन गर्नुलाई जायज मान्न नसकिने अध्यक्ष धितालले जनाएका छन। आन्दोलन नगर भन्दा पनि नमानेपछि आफूले स्ट्याटस लेखेको उनले बताएका छन।

भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले भने विकास समितिका अध्यक्षजस्तो अभिभावकीय भूमिकामा रहेको मानिसले त्यस्तो कुरा गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन्। अध्यक्ष सुरूदेखि नै राजनीतिक आस्थाको आधारमा दोषीलाई जोगाउन सक्रिय ढंगले लागेको आरोप उनीहरूले लगाएका छन्।

2 Jun 2021 , 8:01pm
हाम्रो आवाज