नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
असार १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द गरिने

मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ।

सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। 

‘हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले हाम्राे आवाजसंग भने। 

सुरूमा पानी परीक्षण गरिएको फागुन १० गतेबाट हो। असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने पन्तले बताए। उनकाअनुसार अब ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ। 

र, निरीक्षण गर्न १० दिन लाग्ने छ। ‘यो अवधिमा पानी पठाउने अवस्था रहन्न,’ पन्तले भने। 

उनका अनुसार ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ। त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ।

‘सुरूङमा कुनै त्रुटि नरहे ११ दिनबाट पानी पठाउन थालिने छ,’ पन्तले भने। 

ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ। 

‘प्राविधिक रुपमा परीक्षणको कार्यविधि छ, त्यही कार्यविधिअनुसार एकपटक परीक्षण गर्न लागेका हौं,’ पन्तले भने। 

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ। त्यो पानी नआउँदा अभाव रहने भएको छ। 

यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो। त्यसले अभावलाई केही हदसम्म मात्र टार्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। 

‘हामीकहाँ रहेको पुरानो स्रोतबाट खानेपानीको अभाव केही हदसम्म टार्न सकिन्छ, समानुपातिक रुपमा वितरण गर्छौं,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने। 

पुरानो स्रोतबाट काठमाडौंमा बर्खामा १९ करोड लिटरसम्म पानी आउने राईले बताए। 

‘सुरुङ परीक्षण भएर पानी नआउने भयो भने केही न केही हामी गर्छौं। कसरी सम्भव हुन्छ त्यो व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘हाम्रो अहिलेको उत्पादन क्षमताबाट व्यवस्थापन गरिन्छ

3 Jun 2021 , 2:23pm
हाम्रो आवाज