नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
गण्डकीका मुख्यमन्त्रीले जेठ २७ गते विश्वासको मत लिने

जेठ २५, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । 
प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ । 

प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।

8 Jun 2021 , 4:29pm
हाम्रो आवाज