नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

NepaliNP
बिपत का लागि तैयार रहन,आफ्ना कार्यकर्ता लाई राष्ट्रीय युवा संघ को आग्रह

असार -६, बाँके - राष्ट्रिय युवा संघ, बाँकेले आगामी दिनहरु मा हुन सक्ने संभवित प्राकृतिक विपतमा खटिन आफ्ना वडास्तर का कार्यकर्ता लाई परिचालन गर्ने निर्णय गरेको छ। 

 

युवा संघ बाँकेका अध्यक्ष लिकवीर सुनारको अध्यक्षतामा बसेको बैठक बाट आगामी दिनहरु मा आईपर्ने कुनै पनि बिपत्ति मा युवा संघका कार्यकर्ता तयार रहन आग्रह गरेको छ ।

 

युवा संघ बाँके जिल्ला इन्चार्ज खेमराज शर्माको प्रमुख आथित्यमा भएको बैठकले युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाको असामयिक निधनप्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित  छ । बैठकमा युवा संघ बाँकेका पदाधिकारी, नगर तथा गाउँपालिकाका संयोजकहरुको सहभागिता रहेको थियो । कोभिड्विरुधको खोप हरेक बाँकेबासी माझ पुर्याउन केन्द्रिय सर्कुलर बमोजिम बाँकेका ८१ वडामा युवा संघ परिचालन गरिने निर्णय समेत उक्त बैठक मा गरिएको छ ।

20 Jun 2021 , 7:24pm
असलम खान