नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
कोहलपुर नगरपालिकाको नवौं नगर सभा सुरू

असार- ८ - बाँकेको कोहलपुर नगरपालिकाको नवौं नगर सभा सोमबारबाट सुरु भएको छ । उक्त सभा मा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरसभामा २०७८-७९ को बजेट प्रस्तुत गरेका छन । बजेट प्रस्तुत गर्दै नगर प्रमुख रावत ले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन लगायत विषय लाई प्राथमिकता मा राखिएको जनाएका छन।

नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को दोस्रो लहर तथा भावि दिनमा आउन सक्ने सम्भावित तेस्रो लहर लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण, उपचार र खोपको भरपर्दो व्यवस्था गरी सबै नगरबासी लाई स्वस्थ्य सुबिधा प्रदान गर्ने प्रतिबध्दता व्यक्त गरेका छन।

साथै हाल फैलिएको कोरोना संक्रमण लाई नियन्त्रण, उपचारका लागि अग्रपंगति मा खटिने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र उपकरणहरुको पर्याप्त मात्रामा आपूर्ति तथा व्यवस्थापन गरिने बताएका छन ।

22 Jun 2021 , 12:52pm
असलम खान