नेपाली समय:

वि.सं २०८१ बैशाख २५   मंगलवार

NepaliNP
कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराईने

असार ९ - कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने लुम्बिनी प्रदेश सरकार ले अख्तियारी सहित पत्र पठाएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ ।

 

अख्तियारि सहित पठाईएको पत्र अनुसार परिवारलाई राहत रकम लिनका लागि आवश्यक कागजात सहित निवेदन माग गरिएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके को अनुसार राहत रकम दावीका लागि कोभिड–१९ को परीक्षण रिपोर्ट पोजेटिभ, मृतकसँग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी र रकम दावीकर्ताको खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपीसहित निवेदन पेश गर्नु पर्ने छ।

23 Jun 2021 , 7:48pm
हाम्रो आवाज