नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
एकल महिला को हक अधिकार का लागि एकल महिला ले नै नेतृत्त्व सम्हालनु पर्ने मा जोड

असार -१० - बाँके जिल्ला का अति विपन्न एकल महिलाहरू लाई कोरोना बाट संक्रमण जोगाउन स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दिवसका अवसरमा द्वन्द्व पीडित तथा एकल महिला संजाल, बाँकेले राप्तीसोनारी गाउँपालिकाका अति विपन्न एकल महिलालाई सेनिटाइजर, माक्स लगायत खाद्यन्न प्रदान गरेको एकल महिला संजाल बाँके की अध्यक्ष जयन्ती केसीले जनाएकी छिन ।

 

एकल महिला दिवसका अवसरमा आयोजित कोभिड–१९ सम्बन्धि परामर्श कार्यक्रममा बोल्दै वक्ता हरू ले एकल महिला को हक़ अधिकार का लागि एकल महिला ले नै नेतृत्त्व सम्हालनु पर्ने मा जोड दिएका छन ।

 

एकल महिला संजाल बाँके अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला संजालकी केन्द्रीय उपाध्यक्ष शोभा विसीले एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन नहुँदा एकल महिलाले अहिले पनि विभिन्न खाले विभेद खेप्न बाध्य भएको बिचार व्यक्त गरेकी छिन

 

एकल महिलाको अधिकार कानुनमा लेखिए पनि ब्यवहारमा कार्यान्वयन हुन न सकदा अधिकार बाट बंचित हुनुपरेको अध्यक्ष केसी ले जनाएकी छिन । 

24 Jun 2021 , 4:01pm
हाम्रो आवाज