नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

NepaliNP
रुकुम पूर्वकी एक जना कोरोना संक्रमित महिला को भेरी अस्पताल मा उपचार को क्रम मा मृत्यु

साउन-१ (संवाददाता) - नेपालगन्ज- बाँके को भेरी अंचल अस्पताल मा उपचाररत थप एक जना कोरोना संक्रमित महिला को मृत्यु भएको छ ।

 

भेरी अस्पतालमा उपचाररत सिस्नेपानी  गाउँपालिका ४ रुकुम पूर्वकी ३९ बर्षीया कोरोना संक्रमित महिलाको उपचार का क्रम मा मृत्यु भएको बाँके का कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् । 

 

असार २३ गते उपचार का लागि भेरी अस्पतालमा भर्ना गरिएकी संक्रमित महिला को स्वाथ्य स्थिति मा कुनै सुधार न आएपछि उनको मृत्यु भएको हो । 

 

यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको  संख्या ३११ र उपचार का लागि बाहिरी जिल्ला बाट बाँके आएका संक्रमित मृतक को संख्या ३७२ पुगेको छ ।

16 Jul 2021 , 7:04pm
हाम्रो आवाज