नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

NepaliNP
कोभिड खोप केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवा

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजेदेखि काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण तथा अनुगमन गर्नेछन्। 

आजदेखि काठमाडौंमा एक डाेज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइँदै छ।

जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज  काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे।

19 Jul 2021 , 9:58am
हाम्रो आवाज