नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
विना खनजोत खेती गर्न सक्ने प्रविधि का बारेमा बर्दिया मा भव्य प्रदर्शनी

मंसिर ५–विना खनजोत खेती गर्न आधुनिक प्रविधि को बारेमा किसान हरु लाई जानकारी गराउने उद्देश्य का साथ बर्दियामा प्रर्दशनी को आयोजना गरिएको छ । सिमिट ईन्टरनेशनल ले सिसा परियोजना को आयोजनामा बर्दिया को गुलरियामा रहेको कृषि हाट बजार मा गहँु छर्ने आधुनिक सिड्रेल को मेशिन को प्रर्दशनी गरेको छ ।

धान काटिसकेपछि जग्गा नजोतिकन नै ट्रयाक्टरबाट चल्ने सिड्रिल मेशिन बाट सीधै लाइन मा छर्न सक्ने प्रविधि भएकोले यसको फाईदा किसानहरुलाई पुग्ने र किसान हरुको लागि कम समय र लागत मा बढीभन्दा बढी नाफा प्रदान गर्ने भएकोले यस प्रर्दशनी को आयोजना गरिएको सिसा परियोजना का संयोजक शालिन आचार्य ले बताउनु भएको छ । बैज्ञानिक ढड.बाट कृषि व्यवसाय को प्रक्रिया अगाडि बढदै गर्दा यसले परम्परागत खेती गर्ने प्रक्रिया लाई केही वर्षमा शुन्य अवस्था मा पुरयाउने प्रर्दशनी मा सहभागी किसान हरुले जनाएका छन् ।
 

23 Nov 2019 , 7:23am
हाम्रो आवाज