नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

NepaliNP
जसपा उपेन्द्रपक्षको बैठक गोदावारी रिसोर्टमा जारी

साउन १०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव/बाबुराम भट्टराईपक्षको बैठक  ललितपुरको गोदावरी रिसोर्टमा सुरु भएको छ। सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई राखेर यादव, भट्टराई, आशोक राई ,राजेन्द्र श्रेष्ठ महेन्द्र राय यादवलगायत नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गराउने भएका छन्।

पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्‍ने भनिए पनि पछि सबै कार्यकारिणी सदस्य र सांसदलाई रिसोर्टमा राखेर छलफल गर्न थालिएको एक कार्यकारिणी सदस्यले बताए। ‘निर्वाचन आयोगले भोलि ११ बजे सबै कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि नागरिकतासहित उपस्थिति हुन निर्देशन दिएको छ,’ ती सदस्यले भने, ‘त्यसका विषयमा ब्रिफिङ गर्न बैठक बोलाएको हो।’

पाँच दलीय सरकार निर्माण भएपछि त्यसलाई थप कसरी प्रभावकारी बनाउने विषयमासमेत छलफल हुने भएको छ। जसपाले लिएको अडान र आगामी खेल्नुपर्ने भूमिकाका विषयमासमेत नेताहरुले धारणा राख्‍ने भएका छन्। उपेन्द्र/बाबुरामपक्षमा कार्यकारिणी सदस्य ३१ जना पुगेका छन्। राजकिशोर यादवले समेत शनिबार साथ दिने भनेकाले ३२ जना पुग्‍नसक्ने बताइएको छ। जसपाका ३२ जना सांसदमध्ये राजकिशोरसहित २१ जना पुग्‍ने छन्। जसपा महन्थ(राजेन्द्रपक्षका अन्य नेताहरुसंग छलफल भएकाले त्यो संख्या सोमबार बढ्नसक्ने आकलन गरिएको छ।

महन्थ ठाकुर र राजेन्द्र महतोपक्षमा कार्यकारिणी सदस्य १८ जना र सांसद संख्या १२ जना छन्। जसपा अधिकारिकता उपेन्द्र(बाबुरामपक्षले पाउने निश्चित भएपछि महन्थ(राजेन्द्रपक्षमा सांसद र कार्यकारिणी समिति सदस्य घट्नसक्ने बताएको छ।

25 Jul 2021 , 2:59pm
हाम्रो आवाज