नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
छिट्टै देउवा सरकारमा सहभागी हुन्छौँ : उपेन्द्र यादव

साउन ११, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् । 

उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।

 

 

26 Jul 2021 , 12:56pm
हाम्रो आवाज