नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

NepaliNP
निर्वाचन आयोगको फैसला : उपेन्द्रलाई वैधानिकता, महन्थलाई संकट ठाकुरले नयाँ नामको पार्टी दर्ता गर्नुपर्ने

साउन ११, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंग्याएको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिदै महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ ।

आयोगको सोमबार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै यादव पक्षलाई जसपाको आधिकारिक मान्यता दिएर महन्थ पक्षलाई अर्को पार्टी गठन गर्न बाटो खुला गरेको हो ।

निर्वाचन आयोगको हेडकाउन्टमा जसपाका ५१ कार्यकारीणी सदस्यहरुमध्ये उपेन्द्रको पक्षमा ३६ र महन्थको पक्षमा १६ जनाले मात्रै हस्ताक्षर गरेका थिए । त्यसपछि जसपा विवादमा निर्वाचन आयोगले यादवको पक्षमा फैसला सुनाएको हो । फैसलामा अल्पमतमा परेको ठाकुर पक्षलाई कानुन अनुसार  नयाँ नामको पार्टी गठन गर्न भनिएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाएपनि महन्थ ठाकुर पक्षका सांसदहरुको पद खारेज हुने नहुनेबारे भने केही बोलेको छैन । यो विषय सम्बन्धित राजनीतिक दल र संसद सचिवालयको क्षेत्राधिकारमा पर्ने भएकाले यसबारे आयोग मौन बसेको हो । 

26 Jul 2021 , 5:54pm
हाम्रो आवाज