नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
पहिलो पटक औपचारिक कार्यक्रम का बीच भोलि, भेरी अस्पताल को वार्षिक उत्सव मनाइने

साउन -११, बाँके - नेपालगन्ज भेरी अस्पताल ले आफ्नो स्थापना भएको १३१ वर्षपछि पहिलो पटक औपचारिक कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव  मनाउने तयारी पुरा गरेको छ । 

 

मध्य तथा सुदुरपश्चिमांचल जिल्ला बाट समेत उपचारका लागि भेरी अस्पताल आउने विरामी लाई वर्षों देखि सेवा सुबिधा प्रदान गर्दै आएको भेरी अस्पतालले भोलि १३१ औ वार्षिक उत्सव मनाउने भएको छ ।

 

मंगलवार विहान १० बजे स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले वार्षिक उत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जनाएका छन ।

 

स्थापना दिवसका अवसरमा राजनीतिक दलका नेता समाजसेवी र चिकित्सक को उपस्तिथि हुने जनाइएको छ । 

 

वि.सं. १९४७ मा स्थापना भएको भेरी अस्पताल ले औपचारिक कार्यक्रम का बीच पहिलो पटक वार्षिक उत्सव मनाउने र त्यसको तयारी पुर्ण भएको अस्पताल प्रशासन ले जनाएको छ । 

26 Jul 2021 , 11:01pm
हाम्रो आवाज