नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
बाँकेका बिद्यायलहरूमा यही आइतबारबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु हुने

भदौ -२४, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा यही आइतबारबाट विद्यालयहरू खुल्ने भएका छन् । आइतवारदेखि नेपालगन्ज उपमहानगरपालिकामा शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ।

यसका साथै राप्तीसोनारी गाउँ पालिका र बैजनाथ गाउँ पालिकाका बिभिन्न बिद्यालयहरू पनि यही कारण आइतबार देखि खुलने भएका छन । कोरोना  संक्रमणको जोखिम लाई बिशेष रूपमा ध्यानमा राखी सरोकारवालासँगको छलफल र परामर्श पछि नै  विद्यालय खोल्ने तयारी भएको नेपालगन्ज उपमहानगरपालिका ले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सबै तहका  विद्यालयहरुले नेपाल सरकारद्वारा जारी जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा पालना गरी मात्र बिद्यालय सञ्चालन गर्ने जनाइएको छ ।कक्षा कोठामा विद्यार्थी संख्या धेरै भएको बिद्यालयमा शिफ्ट प्रणाली बमोजिम कक्षा सञ्चालन गर्नु पर्ने कुरा जोड दिन नेपालगन्ज उपमहानगरपालिकाले आग्रह गरेको छ ।

यसका साथै आफ्नो मनोमानी ढंगले बिद्यालय सञ्चालन गर्ने बिद्यालयलाई कारवाहीको घेरा भित्र ल्याउने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

9 Sep 2021 , 4:37pm
हाम्रो आवाज