नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
दुर्घटनामा सहचालकको मृत्यु

किमाथाङ्का, २५ भदौ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए । सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

10 Sep 2021 , 10:13am
हाम्रो आवाज