नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

NepaliNP
भन्सार छलेर ल्याइएको चोरी पैठारीका अवैध सामान बाँके प्रहरीको नियन्त्रणमा


असोज- ११, नेपालगन्ज । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वड़ा न १० स्थित भारतबाट चोरी पैठारी तथा भन्सार छलेर ल्याईएको लाखौ बराबरको सामान बाँके प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको सामानमा लत्ता कपडा, बल्ब र हार्डवेरको सामान लगायत १,४६००० एकलाख छयालिस हजार रुपैया बराबरको सामान रहेको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

27 Sep 2021 , 3:49pm
हाम्रो आवाज